राजनीति

जिवि राईलाई कुनै हालतमा पक्राउ गर्छौंः गृहमन्त्री लामिछाने

१० चैत, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जीबी राई आकाशमा हुन् कि पातालमा, समाएर ल्याउँछौं भनेका छन् ।

उनले शनिबार एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसजस्तो आफुले गहत्याएर हट्नुपर्ने अवस्था नआउने बताए ।
उनले, ‘जीबी राई दोषी रहेछ भने सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ । आकाशमा होस्, पातालमा होस् समाएर ल्याउँछौं । समय लाग्ला, कसले भगायो त्यो पनि खोज्छौं’ भनेका छन् ।
रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले भने, ‘जुन सहकारी, सहकारी भनिएको छ ती सहकारीमा क-कसको अवैध पैसा लागेको छ अब त्यसको पनि हिसाब हुन्छ । कसले आफ्नो कालो धन लुकाउनका लागि खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ दुधको दुध, पानीको पानी निस्किन्छ ।’