८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता मनिष झाले पार्टीको नयाँ पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् ।
झा महाधिवेशनस्थल चितवनमा पत्रकारसँग कुराकानी गर्दै आफ्नो आकांक्षा महामन्त्रीमा भएको बताएका छन्।
उनले सञ्चारकर्मीहरूसँग भने,‘परिणाम जेसुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु । आजकै व्यवस्थापन हेर्दा पनि अनुभवी व्यक्ति नेतृत्वमा चाहिन्छ भन्ने देखिएको छ । मैले अहिलेसम्म पार्टीमा लिएको जिम्मेवारीले महामन्त्री पदलाई न्याय गर्छु भन्ने लागेको छ ।’
साथीभाइहरूले पनि आफूलाई सोही पदमा अगाडि बढ्न सुझाव दिएको उनको भनाइ छ ।





