अन्तर्राष्ट्रिय

इजरायली प्रधानमन्त्री नेतन्याहूको आइतबार हर्नियाको शल्यक्रिया गरिने

१८ चैत, जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको आइतबार हर्नियाको शल्यक्रिया गरिने भएको छ ।

गत अक्टोबरमा प्यालेस्टिनी लडाकूले इजरायलमाथि एक्कासी आक्रमण गरेपछि गाजामा हमाससँग युद्ध भइरहेका बेला यो प्रक्रिया सुरु भएको हो ।

उपप्रधानमन्त्री तथा न्यायमन्त्री यारिभ लेभिनलाई ७४ वर्षीय नेतन्याहूको शल्यक्रियाका क्रममा हुने अनुपस्थितिका कारण प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्ने गरी तोकिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

शनिबार नियमित जाँचका क्रममा हर्निया फेला परेको परामर्शपछि प्रधानमन्त्रीको दैनिक कार्यतालिका पूरा गरी शल्यक्रिया गर्ने निर्णय गरिएको चिकित्सकहरूलाई उद्धृत गरी नेतन्याहूको कार्यालयले जनाएको छ ।

चिकित्सकहरूले जुलाई २०२३ मा नेतन्याहूमा पेसमेकर प्रत्यारोपण गरेका थिए।