आर्थिक

कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट !

३० चैत, काठमाडौं । नेपालीहरुको नयाँ वर्ष २०८१ को शुभ अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप “कुमारी स्मार्ट” मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्ने बताएको छ । साथै कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिने बैंकले बताएको छ ।
ग्राहकहरुको समयको महत्वलाई मध्यनजर गर्दै सो सेवा कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने छ । यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागी र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरु नचाहिने र मोबाइल बैंकिङ्ग एप मार्फत यो सुविधा चौबिसै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।

कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरु उपलब्ध गराउँदै आएको छ जसले नेपालको बैंकिङ्ग तथा डिजिटल क्षेत्र प्रबर्धन गर्न ठुलो योगदान पुर्याएको छ ।