समाचार

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

३ वैशाख, काठमाडौँ । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उनी पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए ।