सूचना प्रविधि

नव वर्ष अफरमा क्लासिक टेक अगाडी, अब २५ महिना ढुक्क!

४ बैसाख, काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।
यस अफरमा ग्राहक वर्गहरुले २०० Mbps वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट र १३ महिना IPTV Service मा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ। २०० Mbps को वार्षिक जडान खर्च मात्र रुपै ५६६ प्रति महिना रहेको छ। यस अफरमा २५ महिना बोनसका साथै 5Ghz Dual Band RouterSmart Set –Top Box पनि उपलब्ध गराइएको छ।
साथै कम्पनी २४ घण्टार ७ दिन नै सेवा सुविधा दिदै आएको पनि जानकारी गराइएको छ । उक्त अफरमा अन्तर्गत ZTE कम्पनिको राउटर र Caro TV को IPTV Service पाउने छन्।
कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ ।
साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नेछन् ।
थप जानकारीका लागि  9801004477 मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।