तस्विरहरु

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपाल भ्रमण (तस्विरहरु)

१२ वैशाख, काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् ।

मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा ती  सम्झौता र समझदारीमा  हस्ताक्षर भएको हो । कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपाल भ्रमणका समयमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतसँगको भेटका केही महत्वपुर्ण तस्विरहरु