राजनीति

डा कोईरालाको प्रश्नः डढेलोका कारण कैयन् नेपालीको ज्यान गईसक्यो, सरकार किन यति असंवेदनसील ?

१४ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले बर्षेनी लाग्ने डढेलोको बिषयमा सरकारले असंवेदनसील भएर रहेको बताएका छन् ।
उनले ट्वीट गर्दै यस बर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गईसक्यो, अरवौंको सम्पत्तिको नाश भईसक्यो भनेका छन् ।
बरिष्ठ नेता डा कोईरालाले कतै निभ्यो, कतै सल्किरहेको छ । वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौं ? भन्दै प्रश्न गरेका छन् ।
डा कोईरालाले प्रश्न गर्दै भनेकमा छन्ः नीतिमा कि व्यवहारमा? सरकार किन यति असंवेदनसील ?

बरिष्ठ नेता डा कोईरालाको ट्वीटः यस बर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान गईसक्यो, अरवौंको सम्पत्तिको नाश भईसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ । वर्षेनी डढेलोका कारण हुने नोक्सानी बढ्दैछ, रोकथाम र न्यूनिकरणमा हामी कहाँ चुक्यौं ? नीतिमा कि व्यवहारमा? सरकार किन यति असंवेदनसील ?