राजनीति

इलाम उपनिर्वाचनः एमालेका सुहाङ नेम्बाङले भारी मतान्तरका साथ विजयी

१७ वैशाख, फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा पछिल्लो मतगणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले भारी मतान्तरका साथ विजयी भएका छन् ।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले २७ सय ७७२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्का २१ सय ९४२ मतसहित दोस्रो स्थानमा छन् । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ११ हजार ४५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरेका छन् । अहिले माङसेबुङ गाउँपालिका–१ को मतगणना सम्पन्न भईसकेको छ ।

इलाम–२ मा गरी ४२ वटा वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिएटर। विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेबाट भारी मतान्तरले विजयी नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।