आर्थिक

नेपाल हाइड्रो एक्पो २०८१ः एक्सप्लोर अर्थमुर्भसको कसमस पम्प प्रदर्शनीमा

१४ बैशाख, बैशाख । काठमाण्डौंको भृकुटी मण्डपमा नेपाल हाइड्रो एक्पो सुरु भएको छ । एक्पोमा एक्सप्लोर अर्थमुर्भस प्रा. लि.ले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प समेत प्रदर्शनीमा राखिएको छ ।


भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुर्भस प्रा. लि. रहेको छ । उक्त पम्पले टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहर पानी, लेदो माटो आदि निष्काशन गर्न अति नै उपयोगी हुने बताईएको छ ।

मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सकिने बताईएको छ । यो १.५ हर्ष पावरदेखि एक हजार हर्षपावर गरी विभिन्न क्षमतामा उपलब्ध छ । नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरु निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ ।

धेरै ग्राहकहरुले यस्तो पम्प खरिद गरी आफ्नो आयोजना पूरा गरी सकेको र जसले खरिद गरे, उनीहरु सन्तुष्ट हुनेछ । साथै कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको छ । यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नती गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्यत मिल्ने कम्पनीले जनाएको छ ।