आर्थिक

हिमालयन बैंकले दियो गोरखा मिडियाबिरुद्ध ऋण नतिरेको भन्दै मुद्धा

२ जेठ, काठमाडौं । हिमालयन बैंकले गोर्खा मिडिया प्रालि(ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
गोरखा मिडियाले आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले उक्त मिमिया मिरुद्धमा मुद्धा हालेको हो ।
गोरखा मिडियाका संचालक अध्यक्ष जिवी राई प्रहरीको खोजी सूचीमा छन् भने अर्का संचालक रवि लामिछाने राजीनामा दिएर राजनीति गर्दै उपप्रधान एबम् गृहमन्त्री छन् ।

अदालतले संचालकहरुको विवरण माग गरेर उचित निर्णय लिने अनुमान लगाईएको छ ।