राजनीति

अदालतको आदेशप्रति असन्तुष्टी जनाउँदै ओलीले भने, ‘गिरिबन्धुको ७० बिघा जग्गा काँग्रेसले कमिशन खाएर बेच्न दिएको हो, कारबाही हुनुपर्छ’

२ जेठ, काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बोच्च अदालतले गिरीबन्धु टि स्टेटका बिषयमा गरेको निर्णय पूर्वाग्रही भएको बताए छ ।
उनले अदालतले गरेको फैसलाले अपरिपक्क निर्णय भएको भनेपनि उक्त निर्णय गलत नै भएको भने नभनेको उनको दाबी छ ।
एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘कानुन बनाऊ भन्ने, कानुन बनाएपछि अपरिपक्व भन्ने, कानुन बनाउन, संसदमा ल्याउने हो, संसदले पास गर्ने हो, कानुन बनाउने त्यो भन्दा परिपक्व तरिका के हुन्छ ?’ भन्ने प्रश्नसमेत गरेका थिए ।
अध्यक्ष ओलीको गिरिबन्धुको जग्गा काँग्रेस सरकारले एकपटक ५१ बिघा र अर्कोपटक १९ बिघा सट्टापट्टाको नाममा बिक्री गर्न अनुमति दिएको तर्क गरेका छन् ।
काँग्रेसले गिरिबन्धुको बिषयमा निर्णयकर्तालाई कारबाह्ी गर्न माग गरिरहेको बेला अध्यक्ष ओलीको नयाँ आरोप आएको हो ।
उनले ७० बिघा काँग्रेसले कमिशन खाएर दिएको बिषयमा कारबाही हुनुपर्ने तर्कसमेत गरेका छन् ।