राजनीति

गिरिबन्धु टि स्टेटको जग्गाको निर्णय ओली र एमालेले नै गरेको होः सभापति देउवा

३ जेठ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिबन्धु टि स्टेट संग संबन्धीत निर्णय केपी शर्मा ओलीकै पालामा उनले नै गरेको बताएका छन् ।
सभापति देउवाले केपी ओलीले आफुले निर्णय गर्ने अनि बिनाकाममा काँग्रेसलाई दोष थोपर्ने भन्दै नेपाली काँग्रेसले गरेको भए कसले कुन कसको समयमा भएको हो पुष्टी गर्न भनेका छन् ।
बुधबार एमाले सँसदीय दलको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेट सम्बन्धी निर्णय काँग्रेसका पालामा भएको भनि आरोप लगाइपछि प्रजातान्त्रीक विचार समाजको आजको कायक्रममा देउवाले उक्त कुरा बताएका हुन् ।
काँग्रेसले पछिल्लो समयमा गिरिबन्धु टि स्टेटको बिषयमा कडा रुपमा प्रश्तुत भईरहेको छ ।

अदालतको आदेशप्रति असन्तुष्टी जनाउँदै ओलीले भने, ‘गिरिबन्धुको ७० बिघा जग्गा काँग्रेसले कमिशन खाएर बेच्न दिएको हो, कारबाही हुनुपर्छ’