३ जेठ, काठमाडौं । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाई संसदमा बोल्नदिन प्रधानमन्त्री पुष्प कमल दाहालले कांग्रेसलाई आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको सरकारी अनियमितताका संलग्नता बारे छानबिनका लागी संसदिय समिति गठनको माग गर्दै आएको छ । आज पनि ४ बजे संसद् बैठक छ । तर समिती गठन नभए सम्म बैठक चल्न नदिने कांग्रेसको अडान छ । समिती बनाउन आफुहरु तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन प्रधानबन्त्री प्रचण्डले आग्रह गरेका छन् ।