राजनीति

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता अनुसंधान गर्न छानविन समितिको माग गर्दै नेविसंघको बानेश्वरमा प्रदर्शन

४ बैसाख, काठमाडौं । नेपाल विद्यार्थी संघले संसदभवन अगाडी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकाी ठगीसम्बन्धी अनुसंधान गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको छ ।
आज ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ?’ जस्ता नाराहरुलगाएर संसद भवन अगाडी नेपाली काँग्रेसको भातृसंस्था नेविसंघले प्रदर्शन गरेको हो ।
नेविसंघले केहीदिनदेखी रवि लामिछानेको सहकारी ठगीमा छानविन गर्न माग गर्दै प्रदर्शन गरिेपनि आज संसद भवन अगाडी नै प्रदर्शन गरेको हो ।
नेपाली काँग्रेस, नेकपा एस, राप्रपा, लोसपाले उपप्रधान एबम् गृहमन्त्री लामिछनेको सहकारी ठगीमा संलग्नताको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । नेविसंघको आन्दोलनमा सहभागी ११ जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टी गरेको छ ।