विशेष

कान्तिपुर अध्यक्ष कौलाश सिरोहीया गृहमन्त्री लामिछानेको ठाडो आदेशमा पक्राउ, लामिछानेको सर्बत्र बिरोध

८ जेठ, काठमाडौँ । कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहीया पक्राउ परेका छन् । यनलाई नेपाल प्रहरी कान्तिपुर समुहको थापाथलीस्थीत कार्यालय पुगेर पक्राउ गरेको हो ।
अपरान्ह सादा पोसाकका प्रहरी उक्त कार्यालयमा उनलाई पक्राउ गर्न आठौं तलाबाट पक्राउ गरेको हो । अध्यक्ष सिरोहीयालाई अनुसंधानका लागि जनकपुर लाने तयारी गरिएको प्रहरीले बताएको छ ।
उनले विज्ञप्तीमार्फत भनेका थिए्, “कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रुपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो । म आफैँ पनि जेल गएको हुँ । निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षडयन्त्र भएको हो । तर, कान्तिपुर हरेक घडीमा निर्भीक रुपमा उभिँदै आएको छ । म अहिले पनि म व्यक्तिगत रुपमा हरेक मूल्य चुकाउन तयार छु तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन ।”

दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई गिरफ्तार गरिएको हो । यसअघि सिरोहियाका दुईवटा नागरिकता रहेको भन्दै गृह मन्त्रालयले अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएलगत्तै धनुषा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
जनमत अध्यक्ष सिके राउत, काँग्रेस नेता बिमलेन्द्र निधि, पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, बरिष्ठ पत्रकार किशोर नेपाललगायत सर्बत्र रुपमा कैलास सिरोहीया पक्राउको बिरोध गरेका छन् ।

कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्णः अध्यक्ष राउत