८ जेठ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले कैलास सिरोहीया बिरुद्धमा पक्राउ पुजी जारी हुनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।
उनलेउपप्रधान एबम् गृहमन्त्री रवि लामिछानेलाई संकेत गर्दै कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? प्रह्न गरेका छन् ।
अध्यक्ष राउतले यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् भनेका छन् ।
उनको ट्वीटः
कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राऊ पूर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो। रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस्