समाचार

कैलाश सिरोहीया पक्राउमा टिप्पणी गर्दै भीम रावलको प्रश्नः के मन्त्री र अरूका लागि फरक–फरक कानून छ?

९ जेठ, काठमडौं । पुर्व गृहमन्त्री एबम् नेकपा एमाले नेता भीम रावलले के मन्त्री र अरूका लागि फरक–फरक कानून छ? भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने भन्दै कानून फरक भएको बताएका हुन् ।

उनको ट्वीटः

गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ! के मन्त्री र अरूका लागि फरक–फरक कानून छ? कानूनी राज्यको उपहास!