आर्थिक

आई.सि.एफ.सि फाइनान्स र कुमारी क्यापिटल लिमिटेड बिच सम्झौता

१३ जेष्ठ, काठमाण्डौ । आई.सि.एफ.सि फाइनान्स लिमिटेडले तिस करोड रुपैयाँ बराबरको ऋणपत्र “९% आई.सि.एफ.सि.फाइनान्स डिबेञ्चर—२०८८” निष्काशन गर्ने भएको छ । कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा आई.सि.एफ.सि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।
यस कम्पनीले २१ शाखा, १ एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटिएम बाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।