आर्थिक

२०८१/०८२ साल : १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट

१५ जेठ, काठमाडौं । अर्थमन्त्री बर्षमान पुनःले आज २०८१ /०८२ सालको बजेट प्रश्तुत गरेका छन् । उनले आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको बताएका छन् ।
आज प्रशस्तुत गरिएको बजेटमा चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
निजी क्षेत्रको प्रवर्द्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकताको क्षेत्र तय गरिएको छ ।
बजेटले पाँटवटा उद्येश्य राखेको छ, ‘उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु,
१. निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
२.मानव संसाधन विकास गर्नु,
३.स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन ४.गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
५ सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु।

यसैगरी आव २०८१ ८२ को बजेटमा अर्थमन्त्रीले पाँचवटै प्राथमिकतामा पारेका क्षेत्र छन्

१.आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन,
२.कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास तथा पूर्वाधार निर्माण,
३.शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
४.समावेशिता र सामाजिक सुरक्षा, र
५.सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार।