जेठ २०, ललितपुर । फोनपेले आफ्नो नयाँ आविष्कार स्वरुप, मोबाइल फोनहरूमा “भ्वाइस नोटिफिकेशन”सेवा सुरु गरेको छ। फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्नेछन् । फोनपे बिजनेस एप, एक मोबाइल एप हो जुन विशेष गरी व्यवसायहरूको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित र ह्यान्डल गर्न डिजाइन गरिएको हो।
यस नयाँ सुबिधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायहरूको क्यु।आर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुनस् परिभाषित गरेको छ। उक्त सुबिधाले एसएमएस मार्फत भुक्तानी पुष्टिकरणमा भर पर्नु पर्ने आवश्यकतालाई हटाएको छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायहरूले या त फोनपे बिजनेस एप डाउनलोड गरी, वा केवल फोनपे बिजनेस एप को नयाँ भर्जनमा अपडेट गरी, नोटिफिकेसन सेटिंग बाट भ्वाइस नोटिफिकेशनू सुचारु गर्न सक्नेछन् ।
Tutorial Video: How to enable Voice Notification feature in Fonepay Business App |Tutorial Video| Step by Step Guide (youtube.com)
आज बढ्दो गतिको व्यवसायिक वातावरणमा, व्यवसायहरूहरुले विशेष गरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधहरूको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केहि चुनौतीहरूको सामना गरेका छन् । “भ्वाइस नोटिफिकेशन” सुविधाको सुरुवात सँगै, फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको छ । अब व्यवसायहरु आफ्नो व्यापार सञ्चालनमा पूर्ण तरिकाले केन्द्रित रहन सक्छन्। भ्वाइस सूचना सुविधाले स्पष्ट र श्रव्य आवाज अलर्टको रूपमा वास्तविकसमय रियल टाइम भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धि जानकारीहरु कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको छ ।
फोनपेका सीईओ दिवस कुमारका अनुसार ,
हामी आजको व्यवसायिक वातावरणमा व्यापारहरुले सामना गर्ने चुनौतीहरूबारे अवगत छौं। यी मोबाइल फोन केन्द्रित आविष्कारहरूसँग हाम्रा नेटवर्क साझेदार संस्थाहरूले थप सुबिधाका साथ आफ्ना व्यापारीहरूलाई अझ सशक्त बनाउदै क्यु।आर कोड आधारित भुक्तानी स्वीकृति अनुभवलाई पुन परिभाषित गर्न सक्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।
थप जानकारीको लागि: https://fonepay.com/business/app
फोनपे बिजनेस एप बारे
फोनपे बिजनेस एप, एकै प्लेटफर्ममा आफ्ना सबै डिजिटल भुक्तानी लेनदेनहरू व्यवस्थित र ह्यान्डल गर्न व्यवसायहरूका लागि विशेष रूपमा डिजाइन गरिएको मोबाइल एप हो। यो एपले फोनपे नेटवर्क साझेदारहरूलाई आफुसँग आबद्ध भएका व्यापारीहरूलाई डिजिटल भुक्तानीहरूको थप नियन्त्रण र दृश्यता प्रदान गर्न अनुमति दिन्छ। फोनपे बिजनेस एपका केही सुविधाहरूमा भुक्तानी विवरणहरू हेर्ने, रकम फिर्तागर्ने, डाइनामिक स्टाटिक क्यु आर उत्पन्न गर्ने, सम्पर्कविहीन भुक्तानीहरू र ग्राहकले आफ्नो क्यु।आर प्रस्तुत गर्न मिल्ने जस्ता अन्य धेरै उपयोगी सुविधाहरू सहितको कारोबार विवरणहरू समावेश गरिएको छ।
फोनपे, नेपाल राष्ट्र बैंक नेपाल राष्ट्र बैंक द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो। यफ।वान सफ्ट (F1soft) समूहको सहायक कम्पनी, फोनपे एक क्ष्क्इ २७००१ : २०१३ प्रमाणित कम्पनी हो। फोनपे ले बैंक तथा वालेटका ग्राहकहरुका साथै व्यवसायहरुलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरु दिदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरु गर्दै आएको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ।