२१ जेठ, काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र इसेवा लि. बिच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ग्राहकहरूलाई आफ्नो इसेवा वालेटमा रकम स्थानान्तरण गर्न सहज बनाउने ५ । साथै, यस सम्झौताले इसेवा प्लेटफर्म मार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पू¥याउने छ।
उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमारको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र इसेवा लि. का तर्फबाट प्रमूख कार्यकारी अधिकृत, जगदिस खडकाले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमूख संचालन अधिकृत यादवेंद« कांत, प्रमूख प्रविधि अधिकृत, स्ूनन्द मल्होत्रा, प्रमूख व्यवसाय प्रबर्धन अधिकृत, श्री रितेश अर्याल र इसेवा लि. का प्रमूख रणनीति अधिकारी रवि शाक्य लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।