आर्थिक

प्रभु बैंक र Swisscontact बिच सम्झौता

२२ जेठ, काठमाडौँ । सोमबार प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase बिच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने “Growing together : A Sustainable Agriculture initiative for Koshi Province” नामक परियोजनाका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase का तर्फबाट प्रतिनिधि श्री रीमा श्रेष्ठ ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ज्युले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता-व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।