२३ जेठ, काठमाडौं । पोखराका सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झाण्डा देखाएका छन् ।
आज सभागृह प्रवेश गर्ने क्रममा सुर्यदर्शन सहकारीका पीडितहरुले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएका ब्यानर र कालोझण्डा देखाएर बिरोध जनाएका छन् ।
सहकारी पीडितहरु केहीलाई प्रहरीले कुटेर घाईते बनाई अस्पतालमा उपचार गर्ने बनाएको छ भने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएर नतिरेको बिषयमा संसदमा समेत बिबाद छ भने त्यस सहकारीका अध्यक्ष जिवी राई प्रहरीको फरार सूचीमा रहेका छन् ।