२५ जेठ, काठमडाै । नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन अनिश्चित कालका लागि स्थगीत भएको छ । यहीँ जेठ २६ गतेका लागि निर्वाचनको मिति तोकिएकोमा उक्त मितिमा मतदान नहुने भएको हो ।
मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँगको परामर्समा अर्को मिति तय हुने महासंघका अध्यक्ष विपुल पोख्रेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जानकारी दिईएको छ । निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि हध्यक्ष पोख्रेलले आग्रह गरेका छन् । मतदाता नामावली छनौटलगायतमा बिभिन्न बिबाद भएपछि अध्यक्ष पोख्रेलले तत्कालका लागि महासंघको निर्बाचन स्थगन गरेका हुन् ।