राजनीति

एमालेको अस्तित्व समाप्त हुने देखेपछि संसद विघटन गरेँ : अध्यक्ष ओली

२६ जेठ, काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्तित्व समाप्त हुने देखेपछि आफूले संसद विघटन गरेको बताएका छन्। शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै उनले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद बिघटन गरेको बताए।

संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको उनको भनाइ छ। उनले आफू नेतृत्वको सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गरे। राष्ट्रियरअन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरे पनि एमालेको कार्यकर्ता पंक्तिले पार्टीलाई बचाएको उनले बताए।