२९ जेठ, काठमाडौँ । नेकपा एमालेले नेपालले भारतप्रति लिने नीति कस्तो हो भन्नेकुरा प्रष्ट हुनपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमोल स्थायी कमिटीका सदस्यसमेत रहेका सांसद रघुजी पन्तले नेपालले भारत नीतिबारे प्रष्ट पार्नुपर्ने बताए । उनले भारतमा जुनसुकै दलले सरकार बनाए पनि नेपालप्रति आफ्नो नीति प्रष्ट रहँदा नेपालले पनि सोही अनुसार गर्नुपर्ने बताए ।
“प्रधानमन्त्रीजीले बाहिर मिडियामा मात्रै भनेर हुँदैन, यहाँ आएर भारतसँग के-के विषयमा कस्तो-कस्तो कुराकानी भयो, दुईपक्षीय हितका विषयमा के(कस्ता योजनाहरूबारे छलफल भयो । यसबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी दिनुपर्छ,” उनले भने ।