समाचार

आचार्य समाज: धुनिवेशी नगर अध्यक्षमा रमेश, थाक्रे गाउँपालीका अध्यक्षमा केशव सर्बसम्मत्

२९ जेठ, धार्के (धादिङ) । कौडिन्य गोत्रीय आचार्यहरुको संगठन आचार्य बन्धु समाज–नेपाल धुनिवेशी नगर र थाक्रे गाउँ कार्यसमिति गठन गरिएकोे छ ।

समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यमा धुनिवेशी नगरपालिका वडा नम्बर ६ को चालिसेमा भएको भेलाबाट रमेश प्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन भएको हो ।

जसको उपाध्यक्षमा विष्णु प्र।आचार्य, सचिवमा मधु आचार्य, सहसचिवमा लक्ष्मी ढकाल आचार्य, कोषाध्यक्षमा प्रकाश आचार्य चयन भएका छन्।
सदस्यहरुमा नकुल आचार्य, राम नाथ आचार्य, राजु आचार्य, राम काजी आचार्य चयन भएका छन् ।
थाक्रे गाउँ कार्य समितिको अध्यक्षमा केशव आचार्य, उपाध्यक्षमा माईला आचार्यलगायतको ९ सदस्यीय कार्यसमिमि गठन भएको छ । थाक्रे गाउँपालीका गठन पश्चात एक घरमा भएको शोक कार्यक्रममा समाजका अध्यक्षलगायतका प्तिनिधिहरु सहभागी भएका थिए भने धादिङ जिल्लाको प्रशिद्ध स्थान आचार्य पोखरीको भ्रमणसमेत गरेका थिए । उक्त कार्यक्रममा आचार्य बन्धु समाज नेपाल धादिङ जिल्ला सभापति अर्जुन प्रसाद आचार्य, धादिङ–काठमाण्डौ सम्पर्क समितिका सभापति मोहनकुमार आचार्यलगायत लब्द प्रतिष्ठीत आचार्य बन्धुहरुको उपस्थिति रहेको थियो ।
आचार्यहरुको उत्पत्तिको इतिहासको खोजी गरि उक्त खोजलाई दस्तावेजीकरण र अभिलेखिकरण गर्ने समाजको मुख्य उद्देश्य रहेको चितवनका जिल्ला सभापति शंकर आचार्यले बताए । भेलामा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिद्वारा प्रकाशित क्यालेण्डर वितरण समेत गरिएको थियो । धादिङ सभापति खर्जुन आचार्यले समाजको धादिङ जिल्ला अधिवेशन छिट्टै गर्नुपर्ने भएकाले त्यसका लागि सबैलाई तयार रहन आग्रह गरे ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले देशभर तथा बिश्वभर कौडिन्य गोत्रीय आचार्यहरुलाई जोड्दै एकीकृत, डिजिटल र आधुनिक प्रकारको बंशावली निर्माण गर्नु आचार्य समाजको पहिलो कर्तब्य हुने भएपनि राजनीति र ब्यक्तीगत फाईदामा नलागी समाजमा शिक्षा, स्वास्थ्यलगायतका सामाजिक सेवामा समाज सकृय हुनुपर्ने बताए ।

काठमाडौंमा आचार्य समाजका ६ केन्द्रीय समिति भए एकीकृत, बाबुराम आचार्य बने सर्बसम्मत अध्यक्ष