५ असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष कांग्रेसका नेता धनराज गुरुङले पाँच सय र हजारको नोटलाई प्रतिबन्ध लगाउन सरकारलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनीधि सभाको बैठकमा बोल्दै उनले मुलुकमा आर्थिक सुशासन कायम गर्नका लागि सरकारले पाँच सय र हजारको नोट प्रतिबन्ध गर्न पर्ने भन्दै सरकारसंग माग गरेका हुन् । उनले ती नोटहरु प्रतिबन्ध गरे भ्रष्टचार ८० प्रतिशत कम हुने र गैरकानुनी कारोबार कम हुने दाबी समेत गरेका छन् ।
उनले भने, ‘आर्थिक सुशासनका लागि मेरो प्रश्ताव हो यो–५ सय र हजारको नोट क्विट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय । आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने हामीले ५ सय र हजारको नोट अब क्विट गरेर जान आवश्यक छ ।’




