राजनीति

प्रधानमन्त्रीलाई महामन्त्री थापाकोको सुझाव : काम नटेर्ने मन्त्री फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्नू

९ असार, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि मन्त्री फेर्न कि सिंहदरबार छोड्न सुझाव दिएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले आफूले मन्त्रीलाई काम लगाउन, फेर्न नसके सिंहदरबार र बालुवाटार छोड्नुपर्ने बताएका हुन्।

समानीकरण अनुदान स्थानीय तहको संवैधानिक हक भएको उल्लेख गर्दै उनले भने, ‘ प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्। प्रधानमन्त्रीलाई कतिपटक भन्ने हो, यो संसदीय व्यवस्था हो। यसमा के हुन्छ भने नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्ने भए सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’