ब्रेकिङ न्युज

चितवनमा भव्य रूपमा सुरु भयो स्वपाको पहिलो महाधिवेशन, काे-काे नेता आए ?

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे पहिलो महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

महाधिवेशनमा कांग्रेसबाट सभापति गगन थापा सहभागी छन् । त्यस्तै, नेकपा एमालेले पदाधिकारी तहका नेता पठाएको छैन । एमालेबाट केन्द्रीय सदस्य प्रदीप ज्ञवाली रास्वपा महाधिवेशनमा सहभागी छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट नेता वर्षमान पुन सहभागी छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन् । श्रम संस्कृति पार्टीबाट भने प्रतिनिधिसमेत सहभागी हुने छैनन् । श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपा आफ्नो धारणा प्रस्ट नपारेकाले महाधिवेशनमा सहभागी नहुने बताएका छन्