९ असार, काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान तथा गृहमन्त्रीलाई उनले बालेको कुनै पनि कुरा दिगो र सत्य नभएको आरोप लगाएका छन् ।
आज संघिय संसद्मा मिडियासँग बोल्दै उनले कुरा मात्रै बढि गर्ने र काम उल्टो गर्ने बताएका छन् ।
उनले भने “गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ । उहाँको अहिलेसम्मको जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनैपनि दिगो हुनेकुरा, सत्य कुरा छैन । उहाँले जीबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन, उहाँलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ ।”





