२५ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष गुरु बरालले पार्टीको कामलाई सामाजिक, आर्थिक रूपान्तरणको अभियानमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश कमिटीले आज पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले जनताको निराशा हाँसोमा रूपान्तरण गर्न राजनीतिक दलको चिन्तत केन्द्रीत हुनुपर्ने बताए । देश निर्माणका लागि दार्शनिक, सैद्धान्तिक, कार्यक्रमिक आधार, नीति तथा योजना एमालेसँग मात्रै रहेको दाबी गर्नुहुँदै उपाध्यक्ष कार्कीले पार्टीलाई आगामी २०८४ मा हुने निर्वाचनमा बलियो र पहिलो राष्ट्रिय शक्ति बनाउनेगरी लाग्नुपर्ने बताए ।
त्यस अवसरमा एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले पार्टीमा युवालाई आकर्षण गराउने खालका योजना ल्याउनुपर्ने बताए ।
यही साउन १७ गते बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनीत गरेको थियो ।





