१८ भदौ, काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले सोमबार क्यामेरा भवनमा नेपाली प्रथम पत्रकार मोतीराम भट्टको १५९ जन्म जयन्तीका अवसरमा उनले पत्रकारिता तथा साहित्य क्षेत्रमा पु¥याएको योगदानबारे गोष्ठी आयोजना ग¥यो ।
भारतको वनारसमा विक्रम संवत् १९४३ मा गोर्खा भारत जीवन प्रकाशन गरेर उनले नेपाली पत्रकारिताको पहिलो ईंटा राखेका थिए । यसका साथै पहिलो पुस्तक छापा गरी प्रकाशमा ल्याउने पहिलो व्यक्ति पनि उनी नै थिए । मोतीराम भट्टलाई नेपाली आधुनिक सञ्चारका माध्यमहरू पत्रिका, पुस्तक, जीवनी लेखन, नाटक लेखन तथा मञ्चन, सम्पादन तथा अन्वेषकका संस्थापकका रूपमा वक्ताहरूले प्रकाश पारे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के. के. कर्माचार्य, अतिथिहरू त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन प्रा. डा. गोविन्द सुकुम शर्मा, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा. डा. कृष्णप्रसाद न्यौपाने, वरिष्ठ पत्रकार तथा लेखक विजय चालिसे तथा रत्न राज्यलक्ष्मी क्याम्पसका नेपाली तथा नेपाल भाषा विभागका प्रमुख डा. विदुला घिमिरेले मोतीराम भट्ट बहुआयामिक युग पुरुष भएको भन्दै उनको योगदानका बारेमा थप अनुसन्धान हुनुपर्ने कुरामा जोड दिए।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले विभागले पहिलो नेपाली पत्रकार मोतीराम भट्टको योगदानका बारेमा पहिलोपटक यस्तो गोष्ठी आयोजना गरेको बताए ।
विभागका तर्फबाट कार्यक्रमको महत्त्वबारे डा. देवराज अर्यालले प्रकाश पार्नुभयो भने डा. घमराज लुइँटेलले पहिलो नेपाली पत्रकार मोतीराम भट्टको योगदानबारे चर्चा गरे ।