२१ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कानुन विभागको पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बसेको बैठकले देहायका निर्णयहरु गरेको छ ।
यस्ता छन् निर्णय बैठकका निर्णयहरू:
नेपाली कांग्रेसका आदरणीय सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपालीलाई नेपाली कांग्रेस कानुन विभागको प्रमुखमा र प्रमुखको सिफारिशमा १० जना सदस्यहरु मनोनयन गर्नु भएकोमा आदरणीय सभापतिप्रति यो बैठक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले संविधान दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानून विभागको सचिवको नियुक्ति नभएसम्म सचिवको रुपमा कामकाज गर्नका लागि जिम्मेवारी विभागका सदस्य कलमबहादुर खत्रीलाई दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कानुन विभागले आफ्नो वार्षिक कार्यतालिका (क्यालेण्डर) तयार गरी अर्को बैठकमा पेश गर्ने निर्णयसमेत गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको नेपाली कांग्रेस कानून विभागको सदस्यमा देहायका व्यक्तिहरुलाई मनोनयन गरेका छन् ।
मनोनयन भएका सदस्यहरू शिवराज पाण्डे–कञ्चनपुर, कलमबहादुर खत्री–सुर्खेत, दुर्गाबहादुर सुनार–कास्की, दिपकराज रेग्मी–दाङ, ध्रुव श्रेष्ठ–सुर्खेत, रामचन्द्र गौतम–रूकुम पश्चिम, खिल गिरी–धादिङ, मन्दिरा अधिकारी– काभ्रेपलाञ्चोक, अमितकुमार कर्ण–धनुषा, शोभा घिमिरे–संखुवासभा रहेका छन् ।