गण्डकी प्रदेश

ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनःनिर्माण

२७ भदौ, म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ । १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखाभूकम्पले असर पु¥याएको थियो । भूकम्प एवं वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौस्थित जर्मन राजदुताबासको सहयोगमा पुनःनिर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताए ।

“जर्मन राजदुतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुनः निर्माण गरिएको हो,” उनले भने “पुननिर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ ।” तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचनाहरु छन् । पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झ¥याङ राखिएको छ । गुफाभित्र वौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ । गुफाको बाहिरी भागमा झ्याल राखिएको छ ।

गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ । मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन सोनाम इन्टुकले १५ औ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको वृद्ध धर्म सम्बन्धी ग्रन्थहरुमा उल्लेख छ । नेपाल र भारतका धेरै भिक्षुहरु ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्व रहेको छ ।

गुफा र गुम्बा अवलोकन गर्न पर्यटकहरु आउँछन् । निर्फु गुम्बा अन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामा सम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थीहरु छन् । नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेल्यफेयरको रु। ३० लाख सहयोगमा तीन कोठे कक्षा कोठा भवन निर्माण भएको छ ।

भारतीय राजदुतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब रु। पाँच करोड लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताउनुभयो । सिंगापुरमा रहेका छोसेरबासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन रहेको छ ।

चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फु र गार्फु गुम्बा तथा झोङ गुफा हो । गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई रु। एक सय र विदेशीलाई प्रतिव्यक्ति रु। एक हजार शुल्क तोकिएको छ । चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारी साधनमा पाँच मिनेट यात्रा गरेपछि