बाग्मती

काठमाडौँ अब देशको सबैभन्दा विकशीत राजधानीमात्र नभएर शिक्षितहरुको शहर भएको पुष्टी

२८ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।

कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।

आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिए। गत आवमा रु २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा रु १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ ।

काठमाडौँका स्थानीय तह, प्रदेश तथा स¬ङ्घीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा रु एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।


यससंगसंगै काठमाडौं देशको राजधानीमात्र नभएर शिक्षितहरुको शहरको रुपमासमेत परिचित भएको छ । यसलाई देशभरको हरेक हिसावले सबैभन्दा सुगम र विकशीत महानगरका रुपमा भने परिचित नै थियो ।