राजनीति

उदयपुर सम्पर्क समितिको अधिवेशन उद्घाटन गर्दै डा खड्काले भने, ‘गलत भए शेरबहादुरजीको पनि विरोध गर्छु’

२९ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले आफु गुट उपगुटमा विश्वास नगर्ने बत्रताएका छन् ।
उनले आफुले पार्टी सभापति शेरबहादुर देउवासंग पनि गलत निर्णय भएका स्पष्टसंग आफ्नो फरक विचार राख्ने गरेको दाबी गर्दै आफु काँग्रेसलाई गुट उपगुट मुक्त बनाउने कार्यमा सधैं अग्रभागमा रहने बताए ।
नेपाली काँग्रेस उदयपुर–काठमडौं सम्पर्क समितिको काठमाडौंको बानेश्वरस्थीत सनराईज ब्याँक्वेटमा सम्पन्न चौथो अधिवेशनको प्रमुख अतिथीको रुपमा उद्घाटन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।
नेपाली काँग्रेस उदयपुर काठमडौं सम्पर्क समितिको अधिवेशन डा खड्काको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भईरहेको सम्पर्क समितिका सभापति भक्त रानाले जानकारी दिए । आजको अधिवेशनले नयाँँ कार्यसमितिसमेत चयन गर्ने सभापति रानाले जानकारी दिए ।