समाचार

प्रतिनिधिसभा बैठकको नयाँ समय निर्धारण

३० भदौ, काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेका छन् ।

आज दिउँसो १ बजेका लागि निर्धारण भएको बैठक प्रमुख दलका सचेतकहरुसँगको छलफलका कारण अनौपचारिक रुपमा एक घण्टा पर सारिएको थियो ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले छलफलका लागि समय माग गरेको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘जनयुद्ध’ लाई अपमान गर्ने भाषा नसच्याउँदासम्म बैठकमा विरोध जारी रहने निर्णय गरेको जनाएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले सभामुखले प्रतिनिधिसभाको बैठकको नयाँ समय निर्धारण गरेको जानकारी दिएका छन् ।