४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफुलाई सहकारी सम्बन्धी लागेका आरोप सही नभएको बताएका छन् ।
उनले संसदीय समितिले कारबाहीका लागि सिफारिस गरेको छ नि भन्ने सुर्यखबरसँगको प्रश्नको उत्तरमा आफुले नै सहकारी सम्बन्धी बिषयमा छानविन माग गरेको भन्दै त्यसमा नडराउन शुभचिन्तक तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
उपसभापति गुरुङले आफुले लिएको ऋण तिरिसकेको र कुनै गल्ती नगरेकोमा कुनै शंका नभएको भन्दै त्यसमा प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोले छानविन गर्दा कुनैपनि कसुर नभेटिएर क्लिन चिट पाउनेमा विस्शस्त हुन शुभचिन्तकलाई आग्रह गरेका छन् ।
आफु नविराउने नडराउने राजनीतिक ब्यक्ती भएको भन्दै पार्टी भित्र र बाहिरका राजनीतिक शक्तीहरु आफ्ना बिरुद्ध लागेको भए उहाँहरुले पछुताउनुपर्ने दिन छिट्टै आउने दाबी गरेका छन् ।
पूर्व कानून मन्त्रीसमेत रहेका उपसभापति गुरुङले कसैले चाहेर पनि आफुले गल्ती नै नगरेका कारण फसाउन नसक्ने दाबी गरेका छन् । सहकारी ठगीसम्बन्धी रास्वपा सभापति रवि लामिछानेको संलग्नताको बिषयमा कारबाही सिफारिस भएका बेला उपसभापति गुरुङकोसमेत अनुसन्धान शुरु भएका बेला नेता गुरुङले ढुक्क भएर सुर्यखबर प्रतिनिधिलाई प्रतिकृया दिएका छन् ।