१७ असोज, काठमाडौं । काठमाडौं तीनकुने निवासी कमला आचार्य गजुरेलले देश कसरी बन्छ लुटतन्त्र मात्रै छ जहाँ गएपनि भनेर आक्रोशित हुँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेखेकी छन् ।
उनले काठमाडौं महानगरपालीकाको पार्किङ व्यवस्थापनमा असन्तुष्टी गर्दै उक्त स्टाटस् लेखेकी छन् । महानगरपालीकाले जथाभावी पार्किङ गरेमा सबैसाधारणबाट एक हजार जरिवाना तोकेको भएपनि उचित पाकिङको व्यवस्थापन नभई लिईने पेजनाल्टीले सर्बसाधारण मार्कामा परेको उनको भनाई छ । उनले पार्किङबाट संकलित रहमसमेत काहाँ जानेको जनतालाई थाहा नहुने बताएकी छन् ।
उनले यस्ता अनावश्यक रुपमा भईरहेका कार्यबाट निमुखा जनताले दुःख पाईरहने र देशको उन्नती नहुने दाबी गरेकी छन् ।
यो प्रश्न काठमाडौं महानगरका मेयर बालेन शाहप्रतिसमेत लक्षीत देखिन्छ । उनका
चौतर्फी हाई हाई भएका बेला गजुरेलले पार्किङको बिषयमा कडा र सान्दर्भीक स्टाटस् लेखेकी छन् ।
कमला आचार्य गजुरेलको स्टाटस् जस्ताको तस्तैः
सम्पूर्णमा नमस्कार आज मलाई साह्रै नै चित्त नबुझेको कुरा भएको कारणले गर्दा म यस विषयमा लेख्न चाहेको हुँ। विषय चाहिँ काठमाडौँ जिल्ला अदालतको पार्किङको बारेमा हो। एकदिन मुद्दाकै सिलसिलामा म पनि काठमाडौँ जिल्ला अदालत पुगेको थिए त्यहाँ पुग्दा मलाई बाइक पार्किङ गर्ने अवस्था आयो र पार्किङ गर्न गए जाँदाखेरि पुरानो बिल्डिङमा पनि पार्किङ छैन भन्नुभयो र सिडियोमा पनि गएँ त्यहाँ पनि अदालतको पार्किङ छैन भन्नुभयो। र नयाँ बिल्डिङमा त सर्वसाधारणको लागि पार्किङको व्यवस्था नै छैन। त्यसपछि आएर रातो भालेको वरिपरि सबैजनाले बाइक हरु लाइनबद्ध रूपमा राख्नुभएको रहेछ। मैले पनि त्यहाँ पार्किङ गरे र अदालत को कामले गए र काम सकेर आउँदाखेरि त्यहाँ नगरपालिकाले सबैको बाइकहरु उठाएर लगिसकेको रहेछ कम्तीमा पनि त्यहाँ ५० वटा जति बाइकहरु थियो। यो सबै सेटिङ मिलाएर खानी परिपाटी हो जिल्ला अदालतले जिल्ला अदालतले पार्किङ नदिने उता नि छैन यता नि छैन जहिले पनि सर्वसाधारण निमुखा व्यक्तिहरू दुःख दिने काम भइरहेको छ सेवा ग्राहीको दुःखलाई ध्यानमा राखी छिटोभन्दा छिटो काठमाडौँ जिल्ला अदालतको पार्किङको व्यवस्था हुन जरुरी देखिन्छ
त्यहाँ पुरानो बिल्डिङमा पनि पार्किङ छैन भन्छ नयाँमा त झन् छँदै छैन। सिडिओ कार्यालयमा गयो त्यहाँ पनि अदालतको पार्किङ हैन भन्छ। काठमाडौँ जिल्ला अदालतले निश्चित ठाउँमा पार्किङको व्यवस्था गर्नुपर्ने हो सर्वसाधारणले पाएको दुःखलाई ध्यानमा राखेर अदालतमा आउने सर्वसाधारणले दुःख नपाओस् भन्नका लागि अदालतले निश्चित ठाउँमा पार्किङको व्यवस्था गरिदियोस् भन्न चाहन्छु। दिनानुदिन काठमाडौँ महानगरपालिकाले प्रति व्यक्ति बाट रु १००० हजार जरिवाना लिने गरेको छ यसरी नै उठाउँदै जाँदा दिनमै लाखौं रुपैयाँ जरिवाना उठाएको हुन्छ। त्यो उठाएको पैसा कहाँ जान्छ । कसलाई थाहा सबै मिलाएर खाने परिपाटी मात्रै हो। जताततै भ्रष्टाचारले छाएको छ भ्रष्टाचारले खाएको छ। अनि देश कसरी बन्छ लुटतन्त्र मात्रै छ जहाँ गएपनि…