आर्थिक

एभरेष्ट बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

२० असोज, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा मिति २०८१-०६-२० मा सम्पन्न भएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आ.ब २०८०-८१ का लागि १०५ बोनस शेयर र ५.५३५ नगद लाभांश-बोनस शेयरमा लाग्ने कर समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै यस सभाले वेैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट श्री नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुन निर्बिरोध निर्वाचित गरेको छ । आ.ब २०८१-८२ को लागि श्री एन. अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।