आर्थिक

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

२२ असोज, काठमाडौँ । लगातार दुई दिनसम्म बढेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २७।२९ अंकले घटेर २६६३.३२ अंकमा अडिएको छ।

यसदिन ३०० कम्पनीको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँमा कारोबार भयो।

आज म्याचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेको छ। बजार दोहोरो अंकले घटे पनि मिड सोलु हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड १७ लाख बराबरको सेयर कारोबार भयो।