अन्तर्राष्ट्रिय

उद्योगपति रतन टाटाको निधन

२४ असोज, नयाँदिल्ली । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले उनलाई श्रद्धाञ्जली अर्पण गर्दै उनी भारतीय उद्योगका ‘टाइटन’ छन् भने ।

उद्योगपति टाटाको मृत्युको पुष्टि गर्दै रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समा लेख्रेका छन्, “रतन टाटाको निधनले दुःखी छु। उनी भारतीय उद्योगका ‘टाइटन’ छन् । हाम्रो अर्थव्यवस्था, व्यापार र उद्योगमा उनको महत्वपूर्ण योगदान थियो ।”

रक्षामन्त्री सिंहले लेख्रेका छन्, “उनको परिवार, साथीभाइ र प्रशंसकहरूप्रति मेरो गहिरो समवेदना छ । उनको आत्माले शान्ति पाओस्।”