गण्डकी प्रदेश

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना

१६ मङ्सिर, गण्डकी । पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला पनि भएको छ ।

विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिए । अक्षयकोषमा कम्तीमा एक करोड पु¥याउने लक्ष्य रहेको उनले बताए ।

अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले १० लाख, धनबहादुुर थापाले एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु ५१ हजार १११, वासुदेव तिवारीले रु ५० हजार, खगराज अधिकारीले रु ३७ हजार र विष्णुुमाया पण्डितले १५ हजार प्रदान गरेको जानकारी उनले दिए ।