प्रदेश 1

उपनिर्वाचन : झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

१७ मङ्सिर, झापा । झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएको छन् ।

आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार नेकपा एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा एमालेका दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएको थियो ।

कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए।