२१ मङ्सिर, चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाको गृह नगर बिरानटनगरमा सोमबार बिहान ८.०० बजे उद्घाटन हुने गरी कोसी प्रदेश सम्मेलन आयोजना गरिएको कार्यक्रम बहिस्कार गरेका छन् ।
उक्त सम्मेलनको आयोजक नेपाली काँग्रेस कोसी प्रदेश समिति रहेको र केन्द्रीय सभापति शेरबहादुर देउवाद्वारा उद्घाटन हुने सार्वजनिक भइसकेको छ ।
कार्यक्रम आयोजना भएअनुसार सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन कुमार थापा, नेताहरू डा.प्रकाश सरण महत, ज्ञानेन्द्र बहादुर कार्कीलगायतका केन्द्रीय नेताहरू आजै विराटनगर आइसकेका छन् ।
यस अवस्थामा वरिष्ठ नेता डा कोइराला भने चितवनस्थित एक मरिमराऊ कार्यक्रममा श्रद्धाञ्जलीका लागि उपस्थिति हुने स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् ।
बहिस्कार गरेको नभनिए पनि गृह नगर विराटनगरमा सम्पन्न हुन गइरहेको सम्मेलनमा उपस्थिति नभई चितवनतिरको कार्यक्रममा जाने भनिएपछि कोइरालाको सभापति देउवा पक्षसँगको असन्तुष्टि छताछुल्ल भएको छ ।
१४ औँ महाधिवेशनमा सभापति देउवासँग दोस्रो स्थान हाँशल गरेका डा कोइरालालाई वरिष्ठ नेता नदिएकोमा कोइराला पक्ष रुष्ठ छ । कोइराला पक्षबाट महामन्त्रीमा विजयी भएका गगन थापालगायतका केही नेताहरू भने शनिवारको कार्यक्रममा भाग लिन आइसकेका छन् ।