२५ मङ्सिर, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेर अनुसन्धानको दायरामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिप्रति आपत्ति जनाएका छन् ।
आज सुर्खेतमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी रवि लामिछानेको समर्थन गर्दै बोल्नु ठिक नभएको दाबी गरेका हुन् । उनले लामिछानेका समर्थकहरुले अनुसन्धान प्रभावित पार्ने कार्य गरिरहेको आरोप लगाए ।
‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो,’ लेखकले भने, ‘यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो ।’ उनले भने ।





