२६ मङ्सिर, काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा कमल गौतम नियुक्त भएका छन्।
मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
वित्तीय क्षेत्रमा तिन दशक भन्दा बढि अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयवाट एमबिएको अध्ययन पुरा गरेका छन् ।