समाचार

प्रधान सेनापति सिग्देल र भारतीय समकक्षी बिच भेटवार्ता

२६ मंसिर, काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग बिच भेटवार्ता भएको छ ।

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले आज जनरल उपेन्द्र द्विवेदीसँग भटवार्ता गरेका हुन् ।

साथै, प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् ।